४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ-सहमहामन्त्री परियार



अ+ अ-

चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि  प्रश्न उठ्छ । वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उहाँले बताउनुभयो । रासस