२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस बालिका सम्मेलन–२०८२ सुरु



अ+ अ-

जनकपुधाम। मधेस बालिका सम्मेलन–२०८२ जनकपुरधाममा सुरु भएको छ ।

आज जनकपुरधाममा ‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।

मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशको कलङ्कका रुपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताउनुभयो ।

‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।

मधेस प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरीबीचको विभेद गर्न नहुने बताउँदै बालविवाह गरेको भए हामीहरुले बहिष्कार गर्न जरुरी रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रुपमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताउनुभयो । मधेस प्रदेशमा हाल ३४ प्रतिशत बालविवाह रहेको छ । पाँच वर्ष अगाडि बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकामा हाल घटेको हो । रासस