३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस बालिका सम्मेलन–२०८२ सुरु



अ+ अ-

जनकपुधाम। मधेस बालिका सम्मेलन–२०८२ जनकपुरधाममा सुरु भएको छ ।

आज जनकपुरधाममा ‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।

मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशको कलङ्कका रुपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताउनुभयो ।

‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।

मधेस प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरीबीचको विभेद गर्न नहुने बताउँदै बालविवाह गरेको भए हामीहरुले बहिष्कार गर्न जरुरी रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रुपमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताउनुभयो । मधेस प्रदेशमा हाल ३४ प्रतिशत बालविवाह रहेको छ । पाँच वर्ष अगाडि बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकामा हाल घटेको हो । रासस