१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडानका लागि यतिले गर्यो बुकिङ खुल्ला, यात्रा गर्दा मास्क अनिवार्य



अ+ अ-

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।

लक डाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गर्नुभयो । सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन् ।’

कोभिड अगाडीको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिड अगाडी कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उहाँले बताउनुभएको छ ।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उहाँले बताउनुभयो ।

विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिवन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ । कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै सौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानी टाइटर प्रयोग गर्नुपर्ने छ । कुकुर विरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छेन् । 




भर्खरै