
काठमाडौं । सरकारको ढल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाउनुभएको हो ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ ।
गठबन्धन दलबीच अन्य राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।