९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

सरकार र शिक्षक महासंघबीच भएको मध्यरातसम्मको वार्ता निष्कर्षविहीन

सरकार र शिक्षक महासंघबीच भएको मध्यरातसम्मको वार्ता निष्कर्षविहीन
अ अ+ अ-

काठमाडौं । सरकार र आन्दोलतरत सामुदायिक शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । सरकारले आन्दोलनरत शिक्षक महासंघसँगका प्रतिनिधिहरुसँग मध्यरातिसम्म गरेको वार्तामा ठोस सहमति जुट्न नसकेको हो ।

सरकारका तर्फबाट वार्तामा शिक्षामन्त्री रघुजी पन्त, सचिव दिपक काफ्ले सहभागी थिए । वार्ताको औपचारिक नेतृत्व भने शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले गरेका थिए ।

महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी थिए । तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । ’हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं,’ वार्तापछि मन्त्री पन्तले भने ।

यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै बुधबार बेलुकीसम्म सबै सार्वजनिक गरिने बताएका छन् । वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका थिए ।

आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी मंगलबार ढिला गरी मन्त्रालय पुगेका थिए । सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।

मन्त्रिपरिषद्बाट आंशिक मागहरु पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफलकेन्द्रित भएको थियो ।

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनि प्रस्ताब गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराउने विषय टुंगो लगाएर सहमतिको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हड्तालसहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।