९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

रवि विरुद्ध बुटवलमा मुख्य जाहेरीकर्ता भनिएका नारायण पहराई भन्छन्– ‘मैले जाहेरी दिएकै होइन’

रवि विरुद्ध बुटवलमा मुख्य जाहेरीकर्ता भनिएका नारायण पहराई भन्छन्– ‘मैले जाहेरी दिएकै होइन’
अ अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका भनिएका एक व्यक्तिले जाहेरी नदिएको बताएका छन् । जाहेरवाला भनिएकामध्येका एक जना नारायण पहराईले आफूले रविविरुद्ध कुनै जाहेरी नदिएको स्पष्ट पारेका हुन् । उनले बचतकर्ताको रकम फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविनै रविविरुद्ध प्रयोग गरेको गम्भीर आरोपसमेत लगाएका छन् । नारायणको इन्कारीले सहकारी ठगीको अनुसन्धान गरेको प्रहरीलाई अप्ठ्यारो परेको छ ।

रविविरुद्ध बुटवलमा जाहेरी दिने सात जनाको नाममध्ये नारायणको नाम पहिलो नम्बरमा थियो । तर पहराईले आज सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले रविविरुद्ध जाहेरी नै नदिएको सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्–

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो ।

एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ । ‘नारायणबहादुर पहराईसमेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । मैले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ, तर रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन ।

करोड–करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त ? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्‍यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन ।

केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्‍यो ? केही गरेको छैन । बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि ! म कोही व्यक्ति लक्षित थिइन, छैन ।

मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं ।

विधि–प्रक्रिया, अड्डा–अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसेँ । न्यायका नाममा पीडितलाई मात्र होइन, अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।

रूपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो । तर अहिले मुख्यजाहेरीकर्ताले नै इन्कार गरेपछि प्रहरी अप्ठ्यारोमा परेको छ । प्रहरीले एकजनाले फिर्ता लिँदैमा केही फरक नपर्ने बताए पनि उसमाथि नैतिक प्रश्न त खडा भएको छ नै अनुसन्धानको विश्वसनियतामाथि पनि प्रश्न उठेको छ ।

रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटबलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए ।

पहराई सामान्य होटल व्यवसायी हुन् । उनले बुटवलको सुप्रिम सहकारीमा मासिक एक हजार रूपैयाँ जम्मा गर्ने गरेका थिए ।