९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

‘समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ’

‘समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ’
अ अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

धनगढीस्थित अर्थ मन्त्रालयमा आज भएको छलफलमा उहाँले प्रदेशमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, मुक्त हलियालगायत सबैको अधिकार सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत मुक्त कमैया, कम्लरी र हलिया पुनस्र्थापनाका सवाल सम्बोधन गर्न आवश्यक पहल गरिने बताउनुभयो । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी समुदायको दिगो पुनःस्थापनका लागि निर्माण गरेको कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सोअनुसार काम गर्न केही न केही कार्यक्रम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले पनि सरकारले मुक्त घोषणा गरेका समुदायका सवालमा आफूहरू गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रममा मुक्त कमैया, कम्लरी र हलिया अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले पुनस्र्थापनाको सवाल सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए । रासस