६ जेष्ठ २०८२, मंगलवार
,
Latest
युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी हिजो प्रम विरामी भएकोले आज मन्त्रिपरिषद बस्दै, विश्वलाई गभर्नर बनाइने विश्व पौडेललाई गभर्नर बनाउने सहमति गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा वैशाख ३१ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक



अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११:०० देखि भोलिपल्ट बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

“दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ”, उहाँले भन्नुभयो, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।”

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११:०० देखि ३:०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
रासस