२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा तीन दिने युद्धविराम घोषणा, के गर्ला युक्रेन ?



अ+ अ-

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धसँग तीन दिने युद्धविरामको घोषणा गर्नुभएको छ । दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिन प्रशासनले जनाएको छ ।

किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लंघनको जवाफ दिन रुस तयार रहेको पनि रुसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । पुटिनले इस्टरको अवसरमा पनि ३० घन्टे इस्टर युद्धविरामको घोषणा गरेका थिए । तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्काविरुद्ध सयौं पटक आक्रमण गरेको आरोप लगाएका थिए ।

‘रुसी पक्षले विजय दिवसको ८० औं वार्षिकोत्सवका अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दै छ । यस अवधिमा सबै लडाकु अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । ‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ । यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लंघन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र नि:सर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गर्नुभएको थियो । किएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासका रूपमा घोषणा गरेको आरोप लगाएका थिए । २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ भने २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।