९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’
अ अ+ अ-

बैतडी। सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर ‘ट्याक्टर बहस’ सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका नौ वटै जिल्लामा ‘ट्याक्टर बहस’ सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता बलदेव बडूले जानकारी दिनुभयो ।

यो कार्यक्रम जनचेतनामूलक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।” खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसैले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले  दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ । उहाँले भन्नुभयो, “समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरेका हौँ ।

अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । रासस