४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’



अ+ अ-

बैतडी। सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर ‘ट्याक्टर बहस’ सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका नौ वटै जिल्लामा ‘ट्याक्टर बहस’ सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता बलदेव बडूले जानकारी दिनुभयो ।

यो कार्यक्रम जनचेतनामूलक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।” खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसैले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले  दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ । उहाँले भन्नुभयो, “समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरेका हौँ ।

अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । रासस