११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै १८ अर्बको अवैध कारोबार गर्ने २१ जना कारोबारीहरू पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा २१ जना आरोपीलाई पक्राउ गरेको छ । आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ परेका हुन् ।

उनीहरूले झण्डै १८ अर्ब रूपैयाँ (१७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ) अवैध कारोबार गरेको बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको खुलेको छ ।

ती व्यक्ति तथा समूहले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको ‘मनी म्युल’ हरुलाई परिचालन गरेको पाइएको छ ।

सीआइबीले उनीहरूमाथि नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेहरु यसप्रकार छन्: