२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष लिङदेनको आग्रह– आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले यस्तो जोड दिनुभएको हो । राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाउनु भयो । उहाँले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राख्नुभयो । सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उहाँले दाबी गर्नुभयो । अध्यक्ष लिङ्देनले आग्रह÷पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज देश विशिष्ट परिस्थितिका बीचबाट अगाडी बढिरहेको छ । हामीले हाम्रो आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको छ । भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै होइन, हाम्रो र हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको छ । यस्तो बेलामा देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यस कारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडी बढौँ । राप्रपा सदैव तयार छ ।”

अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताउनु भयो । उहाँले सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा साथीहरू, जसले राजसंस्थाको पक्षमा आवाज उठाउनु भयो, उनीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । मानवअधिकार, लोकतन्त्रका कुरा गर्नेहरूले चैत १५ गते मानवअधिकारको कसरी खिल्ली उडाए, लोकतन्त्रको खिल्ली कसरी उडाए, त्यसको साची आज हामी ठिक ढङ्गले चल्न नसक्दा खेरी यी सबै प्रकारका अन्यायहरू, निरङ्कुशताहरू, सहन बाध्य जस्ता भएका छौँ । त्यस कारण, यस प्रकारका अलोकतान्त्रिक, मानवअधिकार विरोधी गतिविधिका विरुद्ध हामीले सशक्त गतिविधिहरू अगाडी बढाउन जरुरी छ । त्यसको लागि योजना रणनीति निर्माण गर्न जरुरी छ । त्यसका लागि हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ ।”

उहाँले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गर्नुभयो ।