६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको उहाँको दाबी छ । उहाँले प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने बताउनु भयो । उहाँले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उल्लेख गर्नुभयो । अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नागरिक उड्डयनको क्षेत्रका धेरै सूचकहरुमा सुधार आएको छ । त्यसलाई ग्रहण गर्दै हामी थप सकारात्मक उपलब्धीका लागि दिशा पक्रिन के–के गर्नुपर्छ भन्नेकुरा पनि हामी मसिनो गरी छलफल गर्छौं । यदि कुनै विमानस्थल, एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचार भने सम्बन्धित निकायहरुले अहिले अध्ययन गरिरहेका छन् । प्रतिवेदन दिने क्रममा छन् । त्यसमा भ्रष्टाचार नियन्त्रणमा आफूले गर्नुपर्ने भुमिकामा कुनै कसर बाँकी नराखिकन भ्रष्टाचारको नियन्त्रण र अन्त गर्ने विषयमा दृढताका साथ काम गर्नेछ । सौर्य एयरलाइन्सको विषयमा प्रारम्भिक प्रतिवेदन आइसकेको छ । यसको फाइन रिपोर्ट आउन अझै केही दिन लाग्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को प्रोटोकलअनुसार हामीले स्टेट अफ मेलुकल्चरसँग पनि परामर्श गर्नुपर्छ । अहिले निश्पक्षताका साथ छानविन भइरहेको छ भन्ने कुरामा हामी विश्वस्त छौं । र त्यो छानविनको कुराबाट जे जे कुरा खुल्छ, हामीले जे जे गर्ने हो त्यसमा कुनै कसर बाँकी नराखिकन गुण र दोषका आधारमा दण्डित गर्ने कुरामा हामी दृढताका साथ लाग्नेछौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलाई थप समृद्ध बनाउको लागि सबैले मेहेनतका साथ काम गरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।