९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँः मन्त्री पाण्डे

उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँः मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको उहाँको दाबी छ । उहाँले प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने बताउनु भयो । उहाँले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उल्लेख गर्नुभयो । अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नागरिक उड्डयनको क्षेत्रका धेरै सूचकहरुमा सुधार आएको छ । त्यसलाई ग्रहण गर्दै हामी थप सकारात्मक उपलब्धीका लागि दिशा पक्रिन के–के गर्नुपर्छ भन्नेकुरा पनि हामी मसिनो गरी छलफल गर्छौं । यदि कुनै विमानस्थल, एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचार भने सम्बन्धित निकायहरुले अहिले अध्ययन गरिरहेका छन् । प्रतिवेदन दिने क्रममा छन् । त्यसमा भ्रष्टाचार नियन्त्रणमा आफूले गर्नुपर्ने भुमिकामा कुनै कसर बाँकी नराखिकन भ्रष्टाचारको नियन्त्रण र अन्त गर्ने विषयमा दृढताका साथ काम गर्नेछ । सौर्य एयरलाइन्सको विषयमा प्रारम्भिक प्रतिवेदन आइसकेको छ । यसको फाइन रिपोर्ट आउन अझै केही दिन लाग्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को प्रोटोकलअनुसार हामीले स्टेट अफ मेलुकल्चरसँग पनि परामर्श गर्नुपर्छ । अहिले निश्पक्षताका साथ छानविन भइरहेको छ भन्ने कुरामा हामी विश्वस्त छौं । र त्यो छानविनको कुराबाट जे जे कुरा खुल्छ, हामीले जे जे गर्ने हो त्यसमा कुनै कसर बाँकी नराखिकन गुण र दोषका आधारमा दण्डित गर्ने कुरामा हामी दृढताका साथ लाग्नेछौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलाई थप समृद्ध बनाउको लागि सबैले मेहेनतका साथ काम गरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।