४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भाजपाका वरिष्ठ नेता एवं भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका भट्टराईले रक्षामन्त्री सिंहसँग आज नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईले हालै पहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए ।

प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको लागि भट्टराई भारत पुगेका हुन् ।