२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम समाज मेरिल्याण्ड अमेरिकाको नयाँ कार्यसमिचि चयन



अ+ अ-

काठमाडौं । नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले २०२५–२०२७ नयाँ कार्यसमिति  चयन गरेको छ ।

कृष्ण चन्दको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल, उपाध्यक्ष राजन देवकोटा ,महासचिवमा लोकेन्द्र वली,कोषाध्यक्षमा तिला खत्री सचिव खेमराज थापा चयन हुनु भएको छ । सदस्यहरूमा रमेश क्षेत्री, योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, र बसन्त गिरी तथा केशव देवकोटा चयन हुनु भएको छ ।

सल्लाहकार समिति संयोजकमा राजन सुनार अन्य सदस्यहरु बासुदेव पोखरेल,उत्तम गौली,हिक्मत बिक,राज बोहोरा,प्रशाराम देवकोटा, शंकर ओली,कन्हैया सिंह परियार,श्याम गुरुंग,बाबुराम भट्टाराई,दीपेश रावत,नेत्र अधिकारी, लक्ष्मीराम शाह ,जस्विर कुमाल ,दामोदर पोखरेल र शोभा गौतम सर्वसम्मत चयन हुनुभएको छ।

नयाँ कार्यसमितिले सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएको छ। संस्थाले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ कार्यसमितिले शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण, महिला सहभागिता, र कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका अभियानहरू सञ्चालन गरिने योजना बनाइएको छ। नेपाली भाषा, भेषभूषा, लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको छ।

त्यस्तै, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित, सिर्जनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ। नियमित फुटबल, भलिबल तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।