१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान



अ+ अ-

नुवाकोट । नुवाकोटमा रहेको सुरक्षित आप्रवासन९सामी० परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ ।
 
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन ९सामी० परियोजनाले ३९ जिल्लाका १५६ स्थानीय तहमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व प्रदान गरेको यस परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले उपलब्ध गराउँदै आएको छ ।
 
विशेषतः यस परियोजनाले वैदेशिक रोजगारमा जाने निर्णय गरेका युवालाई स्थानीय तहमा नै सचेत बनाउन र वैदेशिक रोजगारीमा जाने÷नजाने वा कुन देश जाने अथवा कसरी जाने भन्नेबारे आफँै निर्णय लिन सक्षम बनाउने मूल उद्देश्यका साथ गत वर्ष २०७६÷७७ मा तीन हजार ९५१ जनालाई सूचना तथा परामर्श दिएको सुरक्षित आप्रवासन ९सामी० परियोजना नुवाकोटका कार्यक्रम संयोजक निरु सुचीकारले जानकारी दिनुभएको हो । उहाँका अनुसार सूचना तथा परामर्श लिनेमा महिलाको सङ्ख्या एक हजार ७१८ र पुरुषको सङ्ख्या दुई हजार २३३ रहेको छ । त्यस्तै वैदेशिक रोजगारीमा जान चाहने राहदानी बनाउने युवाको उमेरगत समूहलाई हेर्दा १९ देखि ३५ वर्षभित्रका ८६ प्रतिशत रहेको र जातिगत अवस्थालाई केलाउँदा जनजातिको सङ्ख्या ५२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको हाताभित्र सूचना तथा परामर्श केन्द्रको कक्षमा सूचना लिन आउने सेवाग्राहीको सङ्ख्या र जिल्लाबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यालाई दाँज्ने हो भने गत आवमा १३ प्रतिशत सेवाग्राही सूचना तथा परामर्श केन्द्रबाट बाहिर रहेको हो ।
 
विदुर नगरपालिकाका प्रमुख तथा सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष सञ्जु पण्डितले वैदेशिक रोजगारमा गएका र जान तयारी भएका युवालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा वैदेशिक रोजगारको क्षेत्रमा संलग्न तथा सम्बद्ध सबै सरोकारवालाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 




भर्खरै