२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिन्छ : मन्त्री ढकाल

विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिन्छ : मन्त्री ढकाल
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिनुभयो ।

उहाँले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कमद विज्ञहरूको सल्लाह र सुझावमै भैरहेको बताउनुभयो । उहाँले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताउनुभयो । उहाँले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समूदायमा नफलिएको भन्दै खासठाउँमा देखिएको संक्रमणलाइ समूदायको भन्न नमिल्ने बताउनुभयो । उहाँले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादैनै सराहनीय रहेको बताउनुभयो । विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । 

सो कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।  संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।  जनस्वास्थ्यविद डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिनुभयो । 

नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले हेल्थ वर्करहरूलाइ अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
भाइरोलोजिष्ट डा समिरमणि दिक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहोग गर्नुपर्ने बताउनुभयो ।