३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटि एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

खेलको ४२ औं मिनेटमा इमोह एजेकिएलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मनोज राईको क्रस पासमा उनले हेडिङमार्फत गोल गरे ।६३ औं मिनेटमा सुदिल राईले गोल गर्दै पोखरालाई बराबरीमा ल्याए । स्टेफेन समीर बिलोङले हेडिङ गर्दा आएको रिबाउन्डमा राइले गोल गरेका हुन् ।

७४ औं मिनेटमा पुन: ललितपुरले अग्रता लियो । पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई २-१ ले अघि बढाए । एजेकिएलले उपलब्ध गराएको पासमा उनले बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भए । त्यसपछि पोखराले गोल गर्ने प्रयास गरेपनि गोल गर्न भने सकेन र ललितपुर विजेता बन्यो ।

विजेता बनेको ललितपुर ले ८० लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता पोखराले ३० लाखमा चित्त बुझायो । एक महिना चलेको तेस्रो संस्करणको एनएसएलमा सात टोलिले सहभागिता जनाएका थिए ।