८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द

हरहिसाब बिनाको सत्ता परिवर्तनको होहल्ला

हरहिसाब बिनाको सत्ता परिवर्तनको होहल्ला
अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि होइन कि उहाँ जाने भन्ने खबर बाहिरिएसँगै सत्ता परिवर्तनको माहोल बनाउने प्रयास जनबर्जस्त सुरु भयो । यहाँसम्म भयो कि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले देउवासँग सबै कुरा गरेको छु उहाँ आएपछि सरकार परिवर्तन भैहाल्छ भनिदिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा समाचार नहुने कुरा पनि भएन, समाचार भयो । समाचार यसरी बन्यो कि अब देउवा नेपाल फर्किएलगत्तै नयाँ सरकार गठन हुँदैछ । मानौं कि सरकारको संरचना नै देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा नै बनिहाल्छ ।

कतिपय मिडियाले देउवालाई कुर्दै प्रचण्ड भनेर लेखे भने कतिले आफ्ना मिडियामा मन्त्रिमण्डल नै बनाइदिए । कतिले देउवा प्रधानमन्त्री बनेपछि माओवादीले बाहिरै बसेर सहयोग गर्छ भनेर लेखे भने कतिले माओवादी पनि प्रमुख मन्त्रालय लिएर सरकारमा जाने लेखिदिए ।

यसको पुष्टि माओवादी नेता बर्षमान पुनले नै गरेका छन् । उनले त एक सार्वजनिक कार्यक्रममै माओवादी अब छिट्टै सरकारमा जान लागेको भनेर भाषण नै गरिदिए ।

तर परिस्थिति यी नेताले गरेको भाषणकै स्वरुपमा भने अघि बढेन । हिजो कांग्रेस सभापति देउवा त्रिभुवन अन्तर्राष्टिय विमानस्थल ओर्लँदा सत्ता फेरबदल गर्न उनलाई कुरी बसेका माओवादी अध्यक्ष प्रचण्ड गोरखा थिए । यता देउवाले सत्ता गठबन्धन राम्ररी अघि बढेको र यसमा कुनै समस्या नरहेको बताएपछि प्रचण्डको जवाफ अहिलेसम्म केही आएको छैन ।

देउवा बैंकक जानुअघि आफूलाई फोन गरेका र आफू फर्किएपछि सत्ता परिवर्तनको मुद्दामा कुरा गर्ने भनेको भनेर आफ्नो पार्टीको एक बैठकमा ब्रिफिङ गरेका प्रचण्डले देउवाको पछिल्लो जानकारी पछि सत्ता फ्याँक्ने अर्काे कुन काण्ड रच्ने हुन् भन्ने कुरा अहिल्यै बाहिर आएको भने छैन ।

बरु विमानस्थलमा प्रेस भेटका क्रममा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आफूहरु नेपालमा सरकार फेर्ने भन्ने समाचार सुनेर छक्क परेको र त्यसपछि देउवा र प्रधानमन्त्री ओलीबीच फोनमा कुराकानी भएको बताएपछि पनि थप प्रष्टिकरण बाहिर आएको छ । उनको समेत यो अभिव्यक्तिले सत्ता फेरबदलमा कुनै घुन पुत्लो नलागेको पनि प्रष्ट हुन आउँछ ।

अहिलेको सत्ताको मुख्य मियो भनेका कांग्रेस सभापति देउवा हुन् । उनी यसअघि एमालेसँग भएको सहमति बमोजिम नै अघि बढ्नेमा अडिग छन् । यसो हुँदा सत्ताको संख्यामा कतैबाट पनि तलमाथि पर्दैन र पार्न पनि गाह्रो छ । यसकारण पनि सरकार परिवर्तनका लागि देशको अर्काे कुनै पनि शक्तिको दौडले केही फरक नपार्ने देखिन्छ ।

फेरि सत्ता परिवर्तनका लागि कांग्रेस सभापति देउवा बैंकक पुगेको भन्ने भनाईमा पनि कुनै दम देखिँदैन । किनभने आफैँ अबको प्रधानमन्त्रीको लाइनमा बसेका देउवालाई अहिल्यै प्रधानमन्त्री बन्नका लागि बैंकक दौड आवश्यक छैन र यस प्रयोजनका लागि कुनै मानिस भेट्नकै लागि बैंकक सम्म उनी पुग्नुपर्छ भन्ने पनि लाग्दैन ।

बाँकी रह्यो कुरा देशमा हाल जारी आन्दोलनको मौसमको । हो, संसदको बजेट अधिवेशन सुरु भएको छ र सरकारले अहिले आफ्नो नीति तथा कार्यक्रम र बजेटका लागि अन्तिम तयारीमा जुटेको छ । यस्तो अवस्थमा आफ्ना सेवा सुविधाका लागि देशका कर्मचारी एवं विभिन्न तह र तप्काका समूहले आन्दोलन गर्छन्, त्यो सामान्य कुरा हो । सत्ता फाल्ने काममा यो नै काफी छ भनेर व्याख्या गर्न खोज्नु पनि सर्वथा गलत हुन जानेछ ।

अर्काे तर्क कतिपयले सत्ताको परिवर्तनमा राजावादीको आन्दोलनलाई पनि लिने गरेको देखे सुनेकै कुरा हो । राजालाई गद्दीमा फर्काउने र अहिलेको सत्ता हाल्लाउने कामका लागि राजावादीहरु कुनै पनि हिसाब र हैसियतमा उक्लिएका छैनन् । अहिले नै गणतन्त्रको विकल्प खोज्नु बीरबलको खिचडीको किस्सा जस्तै हो । भोलिको भविष्य भन्न सकिएन, आजको बिहानीले यस विषयको विकल्प दिन सक्दैन ।

यसरी सत्ताको होहल्ला हरहिसाब बिनाका कुरा हुन् । संसदीय शासन प्रणालीमा आवश्यक संख्याको हिसाबमा यी कुनै पनि विषय नपर्ने भएकाले अहिलेका लागि सत्ताको परिवर्तन सम्भव देखिँदैन । त्यसैले अहिलेकै लागि यसको विश्लेषण भनेको प्रतिपक्षी दलले सरकार ढाल्छौँ भनेर आफ्नो धर्म निभाउने औपचारिकतामा नै यसलाई राख्न उचित देखिन्छ ।