४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ ।

अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यस्तो दाबी गर्नुभएको हो ।

रूसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकोफबीच भएको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौता गर्ने प्रयास सफलतापूर्वक अघि बढेको बताउनुभएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति एक भिडियो सम्बोधनमा भन्नुभएको छ, “रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।”

पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न आफू तयार रहेको हालै सङ्केत गर्नुभएको थियो ।