२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी

‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी
अ+ अ-

झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरु आउने मुलुकको प्रमुख स्थलनाका हो । यसै साता नाकामा कार्यरत २० सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण भएपछि नेपाल प्रहरीले सतर्कता अपनाएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन् । जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टिनमा खटिएका प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको उनले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन प्रयोग हुने ‘फेस शिल्ड’, एन–९५ मास्क, ग्लोब र स्यानिटाइजर नेपाल प्रहरीले आफ्नै खर्चमा खरिद गरेको हो । १० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।
 
हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’ भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन् । जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’ लगाएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ४५ प्रहरीको यसै साता स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।