८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन

पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन
अ+ अ-

एजेन्सी । जम्मू–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिल्लीका व्यापारीहरूले ’दिल्ली बन्द’ को आह्वान गरेका छन् । यसका कारण राजधानीका विभिन्न बजारहरू बन्द रहेका छन् ।

भारतभर विभिन्न शहरहरूमा नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आक्रमणको विरोध जनाएका छन् । ओडिसाको भुवनेश्वरमा भारतीय जनता पार्टी ९भाजपा० युवा मोर्चाले बिहीबार साँझ प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा सहभागी भाजपा ओडिसा प्रदेश अध्यक्ष मनमोहन सामलले सरकारले आतङ्कवादको अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
काश्मीरको अनन्तनागमा सरकारी विद्यालय ‘स्यामस’ का विद्यार्थीहरूले शान्तिपूर्ण पदयात्रा गर्दै आक्रमणको विरोध जनाए । चण्डीगढ़मा नागरिकहरू प्लेकार्डसहित भेला भई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए ।

उत्तर प्रदेशको अयोध्यामा मृतकहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको थियो। दिल्लीको प्रसिद्ध खान मार्केटमा पनि व्यापारी सङ्घले श्रद्धाञ्जलिस्वरूप दिप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो ।

यसैगरी, मध्य प्रदेशको भोपालमा भाजपा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली सभा आयोजना गरे, जसमा पार्टीका प्रदेश अध्यक्ष तथा सांसद वीडी शर्मा सहभागी हुनुहुन्थ्यो। उहाँले आतङ्कवाद विरुद्ध सिङ्गो देश एकजुट भएको बताउँदै आतंककारीहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गएको साता पहलगाममा भएको सो आक्रमणमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो, जबकि अन्य धेरै घाइते भएका थिए । यसअघि सन् २०१९ मा पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो ।