२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त

ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त
अ+ अ-

ट्युनिस । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ । 

यसै महिनाको शुरुमा प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा गर्नु भएको थियो । सत्तारुढ राजनीतिक दलहरुले भने राष्ट्रपति काइस साइद समक्ष ४६ वर्षीय गृहमन्त्री मेचिचीको नाम प्रस्ताव गरेका थिएनन् ।

राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्य लगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताउनुभएको छ ।

सन् २०११ को अरब क्रान्तिपछि सफल लोकतान्त्रिक रुपान्तरण गरेको दृष्टान्त ट्युनिसियाले प्रस्तुत गरेको छ । तर कोरोनाभाइरसका कारण सीमाहरु बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ ।

कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी संक्रमित भएका छन् ।

यसअघिको सरकारमा गृहमन्त्री रहेका मेचिचीले राष्ट्रपति काइसको कानुनी सल्लाहकारका रुपमा समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको थियो । यसअघि उहाँ यातायात मन्त्रालयको प्रमुख अधिकृत तथा समाज कल्याण मन्त्रालयमा समेत सेवा गर्नु भएको थियो ।

प्रधानमन्त्री मेचिचीलाई नयाँ सरकार गठन गर्न एक महिनाको समय दिइएको छ ।

प्रधानमन्त्री मेचिचीले संसदमा विश्वासको मत लिनु पर्नेछ र बहुमत सिद्ध गर्न सक्नु पर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसद नै विघटन हुनेछ र तीन महिनाभित्र संसदको नयाँ चुनाव हुनेछ । 

गत अक्टोबरमा सम्पन्न आम चुनावमा इस्लामिक कट्टरपन्थी इन्नाधा पार्टीले सबैभन्दा बढी स्थान जितेको थियो तर बहुमत हासिल गर्न सकेको थिएन । अन्ततः गठबन्धन सरकार बनाउन इन्नाधा तयार भएको थियो । पाँच महिना पनि सरकार चलाउन नपाई प्रधानमन्त्री फाखफाखले जुलाईमा राजीनामा दिनु भएको थियो ।