३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस लगातार नवौं पटक ‘सिरी ए’ च्याम्पियन



अ+ अ-

टुरिन । युभेन्टसले आइतबार लगातार नवौं पल्ट इटालीको ुसिरी एु उपाधि जितेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्टसले साम्पडोरियालाई २–० ले हरायो । यो जितपछि टुरिन क्लबको ८३ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि निर्णायक सात अंकको अग्रता हो ।

लिगमा दुई चरणको खेल मात्र हुन बाँकी रहँदा अब कसैले युभेन्टसई उछिन्न सक्ने छैन । युभेन्टसका प्रशिक्षक मउरिजो सारीले पनि आफ्नो व्यावसायिक जीवनको पहिलो ठूलो उपाधि जितेका छन् । रोनाल्डोले ४५ औं मिनेटमा युभेन्टसका लागि पहिलो गोल गरे र यो उनको लिगमा ३१ औं गोल रह्यो ।

रोनाल्डोको सुरुवाति प्रहार साम्पडोरियाका इमिल अडेरोले रोकेयता फर्केको बलमा फेरिको बर्नाडेसीले दोस्रो गोल थपे । पोर्चुगाली स्टार ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न भने चुके । आइतबारका अन्य दुई प्रमुख खेलमा लाजियोले भेरोनालाई ५–१ र रोमाले फियोरेन्टिनालाई २–१ ले हरायो ।