८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द

“राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
अ+ अ-

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का लागि उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ८ विधामा उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरिएको हो।

यस पटक अवार्ड ८ विधामा प्रदान गरिँदैछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ। साथै, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ।

विधागत उत्कृष्ट पाँच मनोनयनहरू नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्डमा हरि महर्जन, स्कन्द गौतम, दीपेन्द्र ढुंगाना,अभिषेक महर्जन र बिजेन अमात्य छनोट हुनु भएको छ, भने पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्डमा देविका बिस्ट, कबिता थापा,मेनुका कार्की,रमिता छुँजु र सकुन्तला राना हुनु भएको छ ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्डतर्फ अनिश रेग्मी, चन्द्र बहादुर आले, दीपेन्द्र ढुंगाना, गोपाल दाहाल र स्कन्द गौतम छनोट हुनु भएको छ । भने डिश होम इन्टरनेट खेलकुदतर्फ तर्फ उदिप्त सिंह क्षेत्री, सफल केसी, साजन लामिछाने, सरोज नेपाल, र सौरभ केसी छनोट हुनु भएको छ ।

त्यस्तै, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड तर्फ अजय लेन्सम्यान, दिलिप वैद्य, शंकर भुजेल, राजिब हेन्गाजु र टेक बहादुर खड्का छनोट हुनु भएको छ । भने एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृतिमा अम्बिर तोलाङ्, अमित मचामासी, हरि महर्जन, मनोजरत्न शाही र सुशील श्रेष्ठ छनोट हुनु भएको छ ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्डतर्फमा स्कन्द गौतम, सरोज राई, सागर बस्नेत,प्रेम थापा र अभिषेक महर्जन छनोट हुनु भएको छ । भने ग्लोबल आइएमइ बैक आर्थिकमा दिपेन्द्र ढुंगाना, अम्बिर तोलाङ्, चन्द्र बहादुर आले, स्कन्द गौतम र अभिषेक महर्जन छनोट हुनु भएको छ ।

प्रदेश स्तरीय

प्रदेश स्तरीय उत्कृष्ट पाँच मनोनयनमा गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्डतर्फ अर्जुन कुलुङ राई, गुरु ढकाल,नेत्र बिमली, शरद जोशी र सुजन बज्राचार्य छनोट हुनु भएको छ भने मधेश प्रदेशतर्फ अर्मेंद्र कुमार यादव, चन्द्रदेव साह दिवाकर भण्डारी, राम सर्राफ र तिवारी यादव छनोट हुनु भएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिका बागमती प्रदेशतर्फ अमरदीप श्रेष्ठ, गणेश बिस्ट,मिलन घिमिरे, नबिन पौडेल र उद्धव कुमार श्रेष्ठ छनोट हुनु भएको छ । भने गण्डकी प्रदेशतर्फ बिष्णु गौतम,खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी छनोट हुनु भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशतर्फ जानु पाण्डेय, खगप्रसाद चापागाई, माधव प्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी छनोट हुनु भएको छ, भने रोयल इन्फिल्ड कर्णाली प्रदेशतर्फ अमरराज पुन, अमृत कुमार बुढाथोकी, बल बहादुर ओली, भारत घर्ति र कविराज कार्की छनोट हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेशतर्फ भुपेन्द्र ओली, बिनोद बिस्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी छनोट हुनु भएको छ ।

अवार्ड छनौट समिति

अवार्ड छनौट समितिमा अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनु भएको छ ।

संयोजक वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरुले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिनु भयो।

अवार्डको अन्तिम घोषणा बैशाख १३ गते शनिबार दिनको २ बजे, होटल हिमालयन, कुपन्डोल, ललितपुरमा आयोजना गरिँदैछ। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ।

कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका एकजना अवकाशप्राप्त फोटो पत्रकारलाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” पनि प्रदान गरिने आयोजक संस्था एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले बताउनु भयो। उनले भने यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेशागत योगदानको उच्च मूल्याङ्कन हो।