२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री फालिए, यसरी जोगिए उर्जामन्त्री



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

उनी कांग्रेसको रामेछाप जिल्लाका सभापति हुन् भने २०७९ मंसिरको प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसद हुन् । कान्छाराम गएको साउन १८ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनको बर्खास्तगीको संयोग यस्तो परेको छ कि कांग्रेस सभापति शेरबहादुर देउवा हाल स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंककमा छन् । यही बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।

त्यसो त प्रधानमन्त्री ओली उनीदेखि सुरुदेखि नै सन्तुष्ट थिएनन् । उनी राज्यमन्त्री नियुक्त भएदेखि नै सञ्चारमाध्यममा निर्माण व्यवसायी, त्यो पनि विभिन्न आयोजनामा कालो सूचीमा परेका निर्माण व्यवसायीलाई मन्त्री बनाएको भनेर निकै आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीले कान्छाराम मात्र नभएर उर्जामन्त्री दीपक खड्कालाई नै बर्खास्त गर्न चाहन्थे । किनभने उनी मन्त्री बनेदेखि नै लैनचौरस्थित स्काउटका सटरहरु भाडामा लिएर करोडौँ रुपैयाँ भाडा नतिरेको भनेर विवादमा आएका थिए ।

मिडियाले निकै नै खेद्न थालेपछि प्रधानमन्त्री ओलीले यस विषयमा पटक पटक कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श पनि गरेका थिए । तर देउवाले नमानेपछि यो प्रकरण यसै रोकिएको थियो ।

त्यसपछि विकसित परिस्थितिमा प्रधानमन्त्रीले कुनै पनि हालतमा कुलमानलाई बर्खास्त गर्र्ने एजेण्डामा थिए । त्यो एजेण्डामा मन्त्री खड्काले प्रधानमन्त्रीलाई साथ दिएका थिए ।

उता राज्यमन्त्री कान्छारामले भने कुलमानको सपोर्ट गर्न थालेका थिए । उनले सार्वजनिक रुपमा नै कुलमानलाई हटाउन नहुने बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले उनका बारेमा चासो राखेर कांग्रेसबाट सरकारमा नेतृत्व गरेका प्रकाशमान सिंहलाई पनि भनेका थिए ।

प्रकाशमान सिंहमार्फत उनले पठाएको खबर पनि कान्छारामले सुनेको नसुन्यै गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले कांग्रेसका सबै मन्त्रीहरुलाई यो कुरा भनेका थिए । तर पनि उनले प्रधानमन्त्रीसँग माफी माग्न मानेका थिएनन् । त्यसपछि प्रधानमन्त्रीले उनलाई आज बर्खास्त गरेका छन् ।

कांग्रेसकै एकजना मन्त्री भन्छन्‐ सुरुमा त प्रधानमन्त्री उर्जामन्त्रीलाई नै हटाउन चाहेका थिए । तर कुलमान हटाउने काण्डमा प्रधानमन्त्री र उनको कुरा मिलेपछि उर्जामन्त्री थामिए, यता राज्यमन्त्री फालिए ।