६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी



अ+ अ-

राँझा, (बाँके) । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ ।

मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नं. १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।

“सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागिय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भन्नुभयो,“यससम्बन्धि सम्पूर्ण तयारी भइसकेको छभने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौं ।”

विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमश: सबैतिर जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ । रासस