२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

किन घटबढ भएन त अदुवाको भाउ ?

किन घटबढ भएन त अदुवाको  भाउ ?
अ+ अ-

इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।
 
धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ ।  गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिनुभयो । 

सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उहाँले भन्नुभयो, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।” उहाँले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोप्नुभएको छ । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताउनुभयो । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उहाँले जानकारीदिनुभयो ।

“गत वर्षसम्म यस मौसममा ठूलो परिमाणमा अदुवा आइसक्थ्यो तर यसपटक आउन सकेकै छैन”, उहाँले भन्नुभयो, “धेरै किसानले अस्ती बिक्री नभएपछि रोप्नुभयो । अनि नयाँ अदुवा अभाव हुँदा अहिले बीउ अदुवाको भाउ राम्रो आयो ।” उहाँका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ । 

किन घटबढ भएन त भाउ ?
भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ । 

सानो अदुवाको भाउ उचित आए पनि ठूलो (विकासे) अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।

आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रु एक हजार ८०० मै बिक्री गर्न बाध्य भएको उहाँको भनाइ छ । करिब २० मन अदुवाखेती गर्नुभएका उहाँले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गर्नुभयो ।  व्यवसायीले  विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।

नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ । विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ ।  यस वर्ष पनि समस्या दोहोरिन पुग्यो । लामो समय बन्दाबन्दीका कारण निकासी ठप्प भएको अदुवा केही महिनाअघि पनि भारतीय अवरोध खेप्नुपर्यो। बन्दाबन्दी खुले पनि भन्सारबाट कृषिजन्य वस्तु निर्यात हुन नसक्दा व्यवसायीले अनेक दुःख खेप्नुपर्यो । बन्दाबन्दी खुलेपछि कृषिजन्य वस्तु बोकेर झापाको मेची भन्सार पुगेका ट्रक भारत प्रवेश गर्न नसकेपछि मेची नदीको पुलमा लामो समय अड्केका थिए ।
 
नेपाल–भारतको छलफलपछि अवरोध खुलेपछि कृषिजन्य पदार्थ पुनः भारत प्रवेश गरेका थिए ।  निकासी किन रोकिएको थियो भन्ने आधार भने फेला पार्न सकिएन । बिना आधारै नाकामा सामग्री रोकिँदा पटक–पटक व्यवसायीले करोडौँ घाटासमेत व्यहोर्नुपरेको छ । नेपालतर्फबाट जाने कच्चा पदार्थ नाकामा रोकिँदा बिग्रिने हुँदा राम्रो बजार नपाउने गरेको व्यवसायीको भनाइ छ । इलामसहित पाँचथर, ताप्लेजुङ तेह्रथुमलगायत पूर्वी पहाडका जिल्लामा व्यावसायिकरूपमा अदुवाखेती गरिँदै आएको बताइएको छ ।