२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

बाढीका त्रासमा महातनिया गाउँवासी रातभर जाग्राम

बाढीका त्रासमा महातनिया गाउँवासी रातभर जाग्राम
अ+ अ-

बाँके । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् । खरले छाएका घरहरु कुनै ओभानो छैनन् । हरेकका घरमा पानी जमेका छन् । त्यहीँ पर भारतले नेपाली भूमि च्यापेर बाँधजस्तो सडक बनाएको छ । त्यहीँ सडक प्रयोग गरेर गाउँलेहरु किनमेल गर्न भारत पुग्छन् । तर बर्खामा त्यही सडकको पानी गाउँमा पुगेर डुबानमा पर्छन् । वर्षायाममा “घर कहिले ओभानो हुँदैन । डुबानमै मर्ने भयौँ”, घर वरिपरि भरिएको पानीले आजित बनेका नरैनापुर गाउँपालिका–१ महातनिया गाउँका शङ्कर धोबीले  भन्नुभयो, “विकास आयो तर गाउँसम्म पुग्न सकेन ।”  

“छत हुने छतमा बस्छन्, ओत नहुने घरमै हुन्छौँ”, सीमावर्ती गाउँ घोरदौरिया–४ का शिव धोबीले भन्नुभयो, “घर छोडेर जङ्गल पस्न पनि समस्या छ ।” जङ्गलमा पनि पानी पस्ने गर्छ । पानी आएपछि घोरदौरियामा ३०० घरमा भेल पस्ने गर्दछ । 

नरैनापुर गाउँपालिका–६ समीम अन्सारीले २०७२/७३ मा बाढी आउँदा तीन दिन घरमा पानी भरियो । पानीको निकास थिएन । तीन दिन भोकै बसेको पीडा सुनाउनुभयो । उनलाई बाढी आयो भने जङ्गलमा पनि बास नपाइएला भन्ने चिन्ता छ । भएको पाँच कट्ठा जमीन राप्ती नदीमा छेउमा छ । हरेक वर्ष कटानले जमीन लगेपछि उनलाई नौ जनाको परिवारलाई हातमुख जोर्न समस्या हुने गर्दछ ।