४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा



अ+ अ-

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्ने घोषणा पुटिनले गरेका हुन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै सैन्य अभियान रोक्ने बताइएको छ ।




भर्खरै