१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

भिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै
अ अ+ अ-

काठमाडौँ । भनिन्छ नि जिज्ञासा सबै आविष्कारको जननी हो । आज, विश्वमा प्रविधि भन्दा आकर्षक अरु केहि छैन । यसलाई अझ सहज र पहुँचयोग्य बनाउने हाम्रो अन्तिम लक्ष्य हो । त्यसलाई मध्यनजर गर्दै, हालै, भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स) मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको थियो । ब्रान्डले प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूपरेखा झल्किने शक्ति प्रदर्शन ग¥यो । भिभोले जीवनमा परिवर्तन मात्रै स्थिर हुन्छ भन्ने विचारलाई आत्मसाथ गरेको छ जुन स्मार्टफोन उद्योग पनि यसको अपवाद होइन ।

हामी दिन प्रतिदिन स्मार्टफोन आविष्कारहरूमा आधुनिक समयमा ध्यान केन्द्रित गर्ने महत्वपूर्ण खोज भइरहेको देख्न सक्छौं । स्मार्टफोन केवल सञ्चारका लागि प्रयोग हुने उपकरणबाट लामो यात्रा तय गर्दै अहिले जीवनलाई निरन्तर समृद्ध बनाउने र औंलाको एक इशारामा सबै कुरा प्रदान गर्ने सबैभन्दा अभिनव उपकरण बनेको छ । आजको समयमा, उत्कृष्ट क्यामेरा, उत्तम ब्याट्री, उच्च स्तरको विशेषता र सुरुचिपूर्ण डिजाइनको संयोजन भएको शक्तिशाली उपकरणले पक्कै पनि बजारको ध्यान खिच्छ । प्रत्येक नयाँ स्मार्टफोन सार्वजनिक गरे संगै, ब्रान्डहरू प्रतिस्पर्धामा आफू अगाडि रहन प्रविधि र नवीनता मार्फत आफ्नो स्मार्टफोनलाई सुधार गर्ने तरिका खाजिरहेका हुन्छन् । स्मार्टफोन टेक्नोलोजीमा प्रवृत्तिहरू द्रुत गतिको पछाडि लाग्ने  पुस्ताका आवश्यकताहरू अनुरूप विकसित भइरहेका छन् । आज देखिएका केहि परिवतर्नवादी, त्यो भोलि धेरै उपकरणहरूमा देखा पर्न सक्छन् ।

“सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तनहरू ल्याउने वर्ष सावित भयो, किनकि हामीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र हाम्रो डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनहरूका निर्मातामा रूपान्तरण गरेका छौं,” सन् २०२१ को भिभो विकासकर्ता सम्मेलनमा आविष्कारहरु तर्फ अग्रसर गर्ने कम्पनीको प्रयोगकर्ता–उन्मुख रणनीतिको महत्वलाई विशिष्ट रुपमा दर्शाउदैं भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियानले भन्नुभयो ।

“हामी आशा गर्छौं कि हाम्रा प्रयोगकर्ताहरूले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई “भिभो उत्पादनहरू छनौट गर्ने” बाट “भिभो उत्पादनहरूलाई माया गर्ने” मा रूपान्तरण गर्नेछन् । र, हाम्रा सन्तुष्टित प्रयोगकर्ताहरूलाई हामी उत्पादन एम्बेसेडरमा परिणत हुने आशा गर्छौं, जसले हाम्रा उत्पादनहरू आफ्ना साथीहरू र परिवारलाई प्रयोग गर्न सल्लाह दिनेछन् । हाम्रा उत्पादनहरू मार्फत, हामी एक उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्दैछौं,” उनले भने ।

१) कम्प्युटिङ प्रदर्शन
कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउनको लागि, भिभोले उच्च रियल–टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट शेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इन्जिन सहित कम्प्युटिङ इन्जिनहरू डिजाइन गरेको छ । भिभोका उपाध्यक्ष तथा भिभो आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल रिसर्च इन्स्टिच्युटका प्रमुख झोउ वेईले कार्यक्रममा त्यसलाई पेश गरेका थिए ।
 
२) मेमोरी व्यवस्थापन
भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्यसम्पादन बढाउन नवप्रवर्तनमा लगानी गरेको छ । सिस्टम रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतन, र डिर्याम र एसओसी आन्तरिक केशको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केश इकाईलाई अनुकूलित गरेको थियो ।

३) अद्वितीय एन्टेना आरएफ डिजाइन
उपभोक्ताहरूले धेरै पटक आफ्नो स्मार्टफोनमा सिग्नल र कमजोर नेटवर्क जडान समस्याको सामना गरेका छन् । ह्यान्डहेल्ड उपकरण भएकोले, स्मार्टफोनले केही अवस्थाको कारण सिग्नल अवरोधको सामना गर्छ । यो हालै भिभोको आधुनिकतम नवीनता, अद्वितीय एन्टेना आरएफ डिजाइनले समाधान गरेको छ । यो आविष्कारले प्रयोगकर्ताहरूले सामना गरेको कुनै पनि संकेत अवरोध समाधान गर्दछ र प्रयोगकर्ता अनुभव सुधार गर्दछ । यसको साथै, एआई प्रविधिले घरमा भिडियोहरू हेर्दा भिडियो शटरिङ र बाहिर कम नेट स्पीड सहित, वाईफाई सिग्नल कमजोर हुँदा पहिचान गर्न सक्छ । कमजोर वाईफाई सिग्नलको सामना गर्दा ठूलो मात्रामा फ्रिजिङ दर घटाउँदै, राम्रो इन्टरनेट अनुभव सुनिश्चित गर्न प्रणालीले बुद्धिमानीपूर्वक उत्तम नेटवर्क चयन गर्न सक्छ ।

४) आईओटी इकोसिस्टम
भिभोको आईओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ जसले उपकरणहरूको जडान, डाटा प्रवाहको दक्षता र द्रुत एपहरूलाई अपग्रेड र अप्टिमाइज गर्दछ, जसले प्रयोगकर्ताहरूलाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्दछ । भिभोले आफ्नो आईओटी इकोसिस्टम अन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डहरूसँग सहकार्य गरेको छ ।