२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

‘इनफ इज इनफ’ का ५ अभियन्ता सिंहदरबारबाट पक्राउ

‘इनफ इज इनफ’ का ५ अभियन्ता सिंहदरबारबाट पक्राउ
अ+ अ-

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका पाँच जना ५ जना अभियन्तालाई आज पक्राउ गरिएको छ । उनीहरुलाई आज प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो । उनीहरु सिंहदरवार प्रवेश गर्न लागेका थिए । त्यस क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । तर यस विषयमा प्रहरीले भने केही बताएको छैन ।  

अभियान्ताहरुले मन्त्री तथा सचिव विरुद्ध अख्तियारमा उजूरी दर्ता गरेका छन् । कोभिड — १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएकोले सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन दिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनीहरू माथि अनुसन्धान गरी कारवाही गर्न आग्रह गरेका छन् ।

उक्त अभियानले भ्रष्टाचारका विरुद्धमा आभियान शुरु गरेका हुन् । साथै उनीहरूले अर्थ मन्त्रालयमा कोभिड १९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि उक्त मन्त्रालयले संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा गरेको खर्च अनियमित भएको भन्दै ती शीर्षकहरूमा भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता गराएका हुन् ।

इनफ इज इनफका अभियन्ताहरूसँग सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेकोमा असहमति स्वरुप वसन्तपुर दरबार क्षेत्रमा २०७७ श्रावण ३ गतेबाट सत्याग्रह गरिरहेका छन् ।