२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार



अ+ अ-

एजेन्सी । हमासले गाजा युद्ध रोक्नको लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासले तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउदै प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले एक भिडियोमार्फत जनाउनु भएको छ ।

यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यको लागि भएको अल–हय्याले बताउनुभएको छ ।

उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताउनुभएको छ ।

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ । हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ ।

गत मङ्गलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ ।

इजरायलले हमाससँगको दुई महिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरे देखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।