२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बैठक जारी छ । सत्तारुढ दलहरुबीच नै सरकारको भविष्यलाई लिएर आशंका उब्जिरहेका बेला आज नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो ।

सरकारको कामका विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताले चर्को आलोचना गरेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र गठबन्धन दलले आलोचना नगर्ने विषयमा छलफल हुने बताइएको छ ।

संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ,उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल,एमालेका महासचिव शंकर पोखरेल ,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्छ ।