६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता



अ+ अ-

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका–६, अर्घले स्थित गोरखा गार्डन होटल प्रा।लि।बीच विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना र गोरखा गार्डन होटलका अध्यक्ष सुरेन्द्र कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताका अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, भोजन तथा मनोरञ्जन सेवामा १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीचको यो साझेदारीले गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै बैंकका ग्राहकवर्गलाई थप सुविधा दिने विश्वास लिइएको छ।