२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा साइकलमा सवारलाई ‘लछारपछार गर्ने’ नगरप्रहरी कारबाहीमा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा नगर प्रहरीलाई कारबाही गरेको छ ।

बुधबार बिहान साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिए ।

पदमुक्त गरिएका प्रहरीको नाम भने खुलाइएको छैन ।