२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सीमानजिकै चीनको सिगाल्सेमा भूकम्पको कडा धक्का



अ+ अ-

काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा भएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

भूकम्प मापद केन्द्रले नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको जानकारी दिएको छ । केन्द्रका अनुसार यो भूकम्पको तीव्रता ५ म्याग्निच्युडको हो ।

नेपाल–चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक–पटक भूकम्प गएको छ ।

यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक–पटक परकम्पहरु गइरहेका छन् ।