२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, को पुग्ला सेमिफाइनलमा ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । क्वाटरफाइनलको दोस्रो लेगका खेलहरु हुन लागेका हुन् ।

आज मध्यरातमा इंग्लिश क्लब एस्टन भिल्लाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्दैछ । खेल राति पौने एक बजे भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा सुरु हुनेछ ।

यसअघि भएको पहिलो लेगमा घरेलु मैदानमा जित निकालेको पिएसजी एग्रिगेटमा ३–१ ले अघि छ । आजको खेलमा भिल्लाको लागि चुनौतिपूर्ण छ ।

यस्तै, सोहि समयमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल डर्टमण्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।

यसअघि पहिलो लेगमा सहज जित निकालेको बार्सिलोना एग्रिगेटमा ४–० ले अघि छ । बार्सिलोनको सेमिफाइनल यात्रा सहज बनेको छ भने डर्टमण्डलाई कठिन छ ।