२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ?



file:photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

सरकारको बिषयमा अनेकल आशंका भै रहेका बेला दुई शिर्ष नेताबिच भेटवार्ता भएको हो । नेता भट्टराईका अनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ ।

पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।