८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

पूर्वराजाबाट तीनकुने घटनाप्रति दु:ख व्यक्त, आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो बर्ष बन्ने

पूर्वराजाबाट तीनकुने घटनाप्रति दु:ख व्यक्त, आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो बर्ष बन्ने
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केहि दिनअघि जनप्रर्दशनको क्रममा भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नयाँ बर्ष २०८२ का अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले धेरै बिषयमा दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

पूर्वराजा शाहले जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता रहेको बताउनुभएको छ । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पनि उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई सकारात्मक रुपमा जनाउनु भएको छ । उहाँले नयाँ बर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको जनाउनु भएको छ ।

यस्तो छ पूर्णपाठ

हामी नेपालीहरुको घर आँगनमा नयाँ बर्ष दुई हजार बयासी आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नव बर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ बर्ष नुतन आशा र विश्वास बोकेर आउने तर बर्षको विदाईमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ ।

केहि दिन अघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षती भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।

नेपाली जनतामा देश र भविश्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्व मै अनूकरणीय र अनुसरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ बर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको छ ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिंदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।

विश्वको बदलिंदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्म निर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ । स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उतपादन गरि स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।

विश्व कै उत्कृष्ट यो भूमीमा, बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र शीपलाई स्वदेश मै उच्च उपयोग गर्नु पर्दछ । युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपाल मै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।

विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढीला गर्नु हुँदैन। आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृंगार्न र विकासको विकुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।

जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरि यीनको आधुनिकरण अनिवार्य भइसकेको छ । युग प्रविधीको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । ‘सूशासन र भ्रष्टाचारमुक्त प्रशासन’ मूल नारा हुनु पर्दछ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा हाम्रो एकबद्धता रहने छ। मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ। यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।

नेपाली नेपाली बिच द्वन्द नहोस् परस्पर अविश्वास र हिंसाको दु:खद मनोस्थिति नबनोस्, देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्ने तर्फ हामी सदैब सचेत र सम्बेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको यर्थाथलाई हामीले आत्मसाथ गरेका छौं, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपुर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वत: र अस्तित्व हामी आफैले उठाउने हो ।

संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।

आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो संझना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं। नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस् ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !