३२ असार २०८३, बिहीबार
,
Latest
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न महांसंघ अध्यक्ष ढकालको सुझाव



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिवार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राख्नु भयो ।

यस्तै उहाँले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी बृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले राजस्व संकलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन बृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको उहाँको धारणा थियो ।

“आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दरहरु उच्च रहेका छन् । यसले एकातर्फ नेपाल भारतस्थित खुला सिमानाको कारणले चोरी पैठारीलाई प्रोत्साहन गरेको छ ।करका दर भन्दा दायरा बढाउनु पर्छ । राज्यले आयात प्रतिथापनका लागि उत्पादनलाई जोड दिनु पर्दछ , खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ । ” अध्यक्ष ढकालले भन्नु भयो ।

यस्तै विगत दुई वर्ष देखि रेमिट्यान्सको आन्तरिक कारोबार शुन्य बनाइएकोले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताल लगायतमा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणहरुले समेत समस्या भोग्नु परेकोले यसलाई पुनः सुचारु गर्ने तर्फ पहल गर्न सरकारलाई सुझाव लिनु भयो ।