१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायधीश पराजुली सम्मानित



अ+ अ-

काठमाडौं । स्याङजाको फेदिखोला गाउँपालिका–४, आरुखर्कमा  रहेको जन आदर्श माध्यमिक विद्यालय, पूर्व विद्यार्थी मञ्चले पूर्व प्रधानन्याधीश गोपाल पराजुलीलाई सम्मान गरेको छ ।

नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान तथा पुनर्मिलन, सम्मान कार्यक्रम पराजुलीलाई  मणिमद्र महाराजले सम्मान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्वप्रधानन्यायधीश पराजुलीले बर्तमान सबिधानले मौलिकता कुल्चेको उल्लेख गर्दे धर्म निरपेक्षता धर्म रुपान्तरणको माध्याम बनेको बताउनु भयो । धर्मका बिषयमा दलहरुले गरेको गल्ती सुधार गर्नुपर्ने सुझाब दिदै उहाँले भन्नुभयो ‘मौलिताका जोगाउन धर्म निरपेक्षता हटाउनुको बिकल्प छैन ।’ आन्दोलन र नागरिकले नमागेको धर्म निरपेक्षता सविधानमा राखिएको गुनासो गर्दे पराजुलीले नागरिकको भावनाको कदर गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका विषयमा पनि छलफल गरिएको थियो। साथै, नववर्षको शुभकामना आदान–प्रदान गर्दै भविष्यमा अझ सशक्त रूपमा विद्यालयको विकासमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, स्मृति आदान–प्रदान र भविष्य योजना निर्माणका विषयमा पनि छलफल भएको थियो।