२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोलि नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपटक पनि सुखद नतिजाको आशा गरेका छन् ।

उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेलहरू पनि खेलेको उल्लेख गरे ।

यस क्रममा दिल्लीको टिम र अफगानिस्तानको यु–१९ टोलीसँगको अभ्यास खेलमा पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो । त्यसैले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै छनोट हुने नेपाली टोलीको लक्ष्य छ ।

यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ । नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो ।

खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा रहेका छन् ।