२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा र पोखराले अंक बाँडे



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले एक÷एक गोल गर्दै अङ्क बाँडेका हुन् ।

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै समूहले गोल गर्न सकेनन् ।

आजको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल होे । आजको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएकोे छभने झापा चार खेलबाट चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ ।

आजको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच जारी छ ।