१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज गीतः बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढीकाे करकर (भिडियाे सहित)



अ+ अ-

काठमाडाैंः लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले आफ्नो पहिलो तीज गीत ‘चस्मा लाएर’सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द तथा स्वर रहेको यस गीतमा सत्कर्मको संगीत रहेको छ ।

समसामयिक बिषयलाई गीतमा प्रस्तुत गर्न सिपालु बस्यालले यसपटकको गीतमा नोबल कोरोना भाईरसलाई पनि समावेश गरेका छन् ।

१४ वर्ष क्यानडा बसेर नेपाल आएका गायक बस्यालले ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्दहरु प्रयोग गरी बनाईएको गीतले श्रोताको मन जित्ने बिश्वास लिए ।

कुनै समयमा ‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगाएतका लोकप्रिय गीतले चर्चित बनेका बस्यालले लामो समयपछि यो गीत बजारमा ल्याएका हुन् ।

विवेक खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ ।