७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन- गगन थापा



अ+ अ-

भोजपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताउनुभएको छ ।

आज कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दैै उहाँले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको सङ्ज्ञा दिनुभयो । अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरलाई सफा गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

अहिलेको व्यवस्थामा बढ्दै गएको असन्तुष्टिलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताउनुभयो ।

पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै उहाँले अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । रासस