१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा
अ अ+ अ-

पोखरा। पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुंगा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । डिएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिनुभया ।

उहाँले भन्नुभयो, ‘डुंगाबाट हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए÷नभएको सुनिश्चित गर्न हामीले यो कदम चालेका हौँ ।’

फेवातालका विभिन्न आठवटा घाटमा फेवा डुंगा व्यवसायी समितिसँग आवद्ध सात सयभन्दा बढी डुंगाहरू सञ्चालनमा छन् । बेलाबेलामा हुने मानवीय हेलचेक्रयाइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो । यसैबीच, फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस अभियानलाई सकारात्मक भन्दै स्वागत गर्नुभयो । लागुपदार्थ सेवन गरेर डुंगा चलाउनु सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उहाँको भनाइ छ ।

यद्यपि, प्रशासनले साँझ ६ बजेपछि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुंगाहरू सुरक्षित रहेको दाबी गर्दै चालक र लाइफ ज्याकेट बिना कुनैपनि पर्यटकलाई तालमा नपठाइने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यवसायी र प्रशासनबीच समन्वय गरेर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल