८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

देशविदेशका २८ जनालाई नइ पुरस्कार

देशविदेशका २८ जनालाई नइ पुरस्कार
अ+ अ-

काठमाडौं: नइ प्रकाशनले आज राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गर्यो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई एक लाख रुपियाँ राशिसहित नइ चन्द्रधन पुरस्कार समर्पण गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले सिर्जना र ‘बिन्दु’ त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि साढे छ दशकअघिदेखि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने भारतका अमर प्राज्ञ  के.बी. नेपालीलाई दुई लाख रुपियाँ राशिसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो ।
प्रा.आचार्यले भारतीय साहित्यकार डा.जीवन नामदुङलाई नइ ईश्वर बराल पुरस्कार, सङ्गीत भूषण भारतका   रञ्जित गजमेरलाई कोइलीदेवी पुरस्कार, भारतीय साहित्यकार डा.शान्ति क्षेत्रीलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि जनही एकएक लाख रूपियाँ रहेका छन् ।
समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई नइ भूपालदुर्गा पुरस्कार, देशभक्त चिन्तक प्रा.डा.मोहन लोहनीलाई नइ कीर्तिनिधि पुरस्कार, शिक्षाविद् तथा साहित्यकार प्रा.गोपीकृष्ण शर्मालाई नइ देरुनीख सुकीर्ति पुरस्कार, सञ्चारकर्मी श्री कमल प्रधान र श्री ध्रुव थापालाई संयुक्त रुपमा नइ भाजप पुरस्कार, न्युरो सर्जन डा.वसन्त पन्तलाई नइ भावि पुरस्कार, सहित्यकार श्रीमती रञ्जुश्री पराजुलीलाई नइ रेखा पुरस्कार, पर्वतका सहित्यकार श्री शान्तिनारायण श्रेष्ठलाई नइ धनरूप पुरस्कार र विराटनगरकी सहित्यकार श्रीमती राधिका गुरागाईँलाई नइ बुलु शर्मा पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि पनि जनही एकएक लाख रूपियाँ रहेका छन् ।
यसै गरी प्रा.आचार्यले साठी हजार रुपियाँ राशिको नइ देरुनीख प्रदीप्ति पुरस्कार पाल्पाका साहित्यकार श्री कृष्णप्रसाद वस्याललाई समर्पण गर्नुभयो ।
साथै उहाँले जनही पचास, पचास हजार रुपियाँ राशिका नइ कपिल शोध पुरस्कार साहित्यकार श्री ठाकुर शर्मा भण्डारी, नइ देरुनीख गौरव पुरस्कार झापाका साहित्यकार धनकुटे कान्छा, नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी श्री रजनी थकालीलाई र पच्चीस हजार रुपियाँ राशिको नइ देरुनीख पौरख पुरस्कार झापाकी सुश्री मनीषा राजवङ्शीलाई मिस हेरिटेज पेटाइट युनिभर्स भएवापत प्रदान गरिएको थियो ।
यसका साथै समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ श्री कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, गायनतर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन र खेलकुदतर्फ सुश्री सुप्रिया ऐर हुनुहुन्थ्यो ।
यसै गरी सात हजार रुपियाँ राशिको नइ कोपिला गायन पुरस्कार सुश्री काव्या शिवाकोटी र नइ कोपिला नृत्य पुरस्कार सुश्री सुधा तामाङलाई तथा नृत्यकलाका लागि पाँच हजार रुपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षीय सुश्री मानषी भण्डारीलाई प्रदान गरिएको थियो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये के.बी.नेपाली, राधिका गुरागाईँ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।
समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो ।