२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको हक हितका लागि काम गर्नेछौँः अध्यक्ष मिश्र



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ ।

मिश्र पाँच हजार ५२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्नुभयो । मिश्रले दुई हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । नेपाल बार चुनावमा मिश्रको प्यानलबाट प्यानलबाट २५ मा २५ जना नै निर्वाचित हुनुभएको छ । बार अध्यक्षमा विजयी भएसँगै

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने बताउनु भयो । स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृति विहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको समयवघ संशोधन आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । कानून व्यवसायीहरुलाई तालिमको व्यवस्था, लयर्स सेकेण्डरीको स्थापना, समुचित कानूनी शिक्षाको व्यवस्था, नेपाल बार एशोसिएशनमा महिला र युवा कानून व्यवसायीहरुको मुल प्रवाहमा आउने क्रम शुरु गर्ने र नेपाल बारको समग्र कार्य प्रणाली परिवर्तन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

आफूहरुका मात्रै प्रतिष्पर्धीहरुको घोषणापत्र पनि कार्यान्वयन गर्ने, सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो । व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।