१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि स्थगित

पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि स्थगित
अ अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ७५ भन्दा बढी देशमाथि लगाएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरेका छन् । उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन् । बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन् । ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु । यो निर्णय तत्काल लागू हुनेछ । चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ ।’

ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गरेका छन् ।

‘७५ भन्दा बढी देशहरूले अमेरिकासँग सम्पर्क गरेका छन् र मेरा सशक्त सुझावमा अमेरिका विरुद्ध कुनै जवाफी कदम चालेका छैनन् । त्यसैले मैले ९० दिनका लागि भन्सार कर रोक्ने निर्णय गरेको हुँ। यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ,’ उनले भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । उनले भने, ‘जुन देशहरू अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन्।’

भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१ लाख करोड डलरले बढेको छ ।

ट्रम्पनिकट धेरै सल्लाहकार र इलोन मस्कले पनि भन्सार शुल्क रोक्न सल्लाह दिएका थिए । रिपब्लिकन पार्टीका नेताहरू — मिच म्याककोनल, र्‍यान्ड पउल, सुसन कोलिन्स, लिसा मर्कोभस्कीले भन्सार शुल्कलाई ‘असंवैधानिक, अर्थतन्त्रविरोधी र कूटनीतिक रूपमा खतरनाक’ भनेका थिए ।

भन्सार शुल्क वृद्धिले अमेरिकी बन्डहरूमा अप्रत्याशित बिक्री सुरु भएको थियो । क्रूडको मूल्यमा भारी गिरावट आएको थियो । कोरोना कालको जस्तो अवस्था आउन थालेको थियो ।

वाल स्ट्रिटका बैंकहरूले भन्सार शुल्कका कारण मूल्यवृद्धि, बेरोजगारी र आर्थिक मन्दी अमेरिका भित्रिने चेतावनी दिएका थिए ।

ट्रम्पले भन्सार शुल्क रोकिने घोषणा गर्नु भन्दा ४ घण्टा अघिनै ट्रुथ सोशलमा लेखेका थिए, ‘यो किनमेल गर्ने उत्कृष्ट समय हो ।’

त्यसपछि भन्सार शुल्क रोक्ने निर्णय आएपछि बजारमा व्यापक सुधार आयो।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डाउ जोन्स २,६०० अंक (७.१ प्रतिशत) माथि उकालो लाग्यो भने एसएन्डपी ५०० मा ९.५ प्रतिशतले वृद्धि भयो ।

नास्डाक १,५३६ अंक (१०.३ प्रतिशत)ले उकालो लाग्यो । यो सन् २००८ को मन्दीपछि सबैभन्दा ठूलो वृद्धि हो ।

टेस्लाको सेयरमा सबैभन्दा बढी २०.०१ प्रतिशत वृद्धि भयो । बिटकोइन पनि ६ प्रतिशतले बढ्यो । एक दिन अघि भन्सार शुल्क युद्धले बजारमा ४ प्रतिशतसम्मको गिरावट ल्याएको थियो ।